हावाहरुको त्यो मीठो स्वोरमा,
हाम्रो माया को मधुरता नखोज्नु ।
पंक्षिहरुको त्यो निश्चल मीलनमा,
मेरो हृदयको माया नखोज्नु ।।
भेटिन्न देउता मुर्तिहरुमा,
पाइन्न साथ छाँयाहरुमा ।।
चाहनाको भारी तिमी नबोक्नु,
आँखाको पानी कठोरताले रोक्नु ।
जीवनको तापमा सितलता सँगाल्नु,
बर्षाको रातमा बेछ्यौना अङ्गाल्नु ।।
म तिम्रो साथमा नहुँदाको क्षण,
आफ्नै मायामा सधैंनै रमाउनु ।।
बितेका पललाई सपना बनाउनु,
भत्केको मनमा नयाँ जग बसाल्नु ।
छैन म साथ, न मेरो भरोसा,
खुशी हुनु सधैं मारी त्यो नीरशा ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment