Saturday, December 13, 2008

उज्यालो

दुनियाँमा ज्योति नभएर के भो ?
यो घरको बत्ती नबलेर के भो ?
दुनियाँको अध्यारो म नै हटाउछु।
मैन्बत्ती बाली जीवन जगाउछु।

एउटा बत्तीले दुनियाँ नजगौला,
आर्को बत्तीको आगो म बन्छु,
धेरै प्रकाश दिन नसके नि,
टाडैबाट म आफुलाई चिनाउछु।

बत्ती नभएनी आज म पड्छु,
जीवन रहस्य राम्ररी बुज्छु,
धेरै कुराको ज्ञान म लिन्छु,
मेरो जीवनलाई सार्थक् बनाउछु।

मेरो अठोटलाई केइले रोक्दैन,
हृदयको ज्योति कहिले निभ्दैन,
बत्ती निभाउ या शिक्षा नदीलाउ,
मेरो पाइलालाई कसैले छेक्दैन।