Saturday, July 28, 2012

Feelings


कुनै दिन म यस्तो गीत गाउछु,
मनका सबै चीज तिमीलाई सुनाउछु,
मेरो यो रिदयमा भएका कुराहरु,
तिमीलाई बिस्तारै बिस्तारै भन्छु ।

मुटुको त्यो धड्कनले तिम्रो नाम लिदा,
उम्रेका काडाले महसुस गर्छु,
आँखा मेरा यी त्येसै लोलाउछन्,
सम्झी तिमीलाई क्षण रोमन्चक बनाउछन् ।

कुनै दिन म यस्तो गीत गाउछु,
मनका सबै चीज तिमीलाई सुनाउछु ।

ति शब्दहरु छन कर्णप्रिय साह्रै,
डुबी तिनैमा पवित्र म हुन्छु ,
लजाउदै जब तिमी मुस्काउछौ त्यसरी,
हर्शले मन यो उजागर गराउछेउ ।

उत्तेजित मनलाई झन घायल  बनाउछेउ,
जब करके हेराइले परेली झिम्काउछेउ,
वोठको जादुको कुरै नगरौ,
मीठो स्पर्शको त्रिष्णा जगाउछेउ ।

कुनै दिन म यस्तो गीत गाउछु,
मनका सबै चीज तिमीलाई सुनाउछु,
मेरो यो रिदयमा भएका कुराहरु,
तिमीलाई बिस्तारै बिस्तारै भन्छु ।